ad ad

समाज


७०० कैदीलाई कोरोना, ८ जनाको मृत्यु

७०० कैदीलाई कोरोना, ८ जनाको मृत्यु

नेपालखबर
असोज १८, २०७७ आइतबार ०:२१,

मलुकका विभिन्न कारागारमा रहेका ७ सयभन्दा बढी कैदीबन्दीलाई काेराेना सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ।

सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए। तीमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ।

बाँके र मोरङ्मा एक-एक जनाको मृत्यु भएको सापकोटाले बताए।

प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९ सयभन्दा बढी जनाको पीसीआर परीक्षण भएको थियो। जसमध्ये ७ सय रिपाेर्ट पोजिटिभ देखिएका हुन्।

तर सङ्क्रमितमध्ये  २ सय जना उपचारपछि निको भएको जनाइएको छ।

विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ। सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ।

आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए। शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ।

विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .