समाज


बहराइनका राजकुमारसहितको टोलीले चढ्यो ६११९ मिटर अग्लो लोबुचे हिमाल

बहराइनका राजकुमारसहितको टोलीले चढ्यो ६११९ मिटर अग्लो लोबुचे हिमाल

नेपालखबर
असोज १७, २०७७ शनिबार ६:४८,

बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ।

नेपाल भ्रमणमा रहेको राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले शनिबार बिहान ८ बजेर ५० मिनेटमा लोबुचे हिमालको सफलता पूर्वक आरोहण गरेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ। उक्त हिमालको उचाइ ६११९ मिटर रहेको छ।

उक्त अवसरमा उनीहरुले बहराइनको झण्डा समेत फहराइएका थिए।

लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेको सेभेन समिटले जनाएको छ।

हिमाल आरोहणका लागि भदौ ३१ गते काठमाडौं आएको राजकुमार खलिफासहितको १५ सदस्यीय टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको थियो।

कोरोनाको महामारीका कारण यो नै २०२० को पहिलो आरोहण बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .