ad ad

समाज


चीनमा यी युवतीलाई टिकटक लाइभमै पेट्रोल छर्केर आगो लगाइयो!

चीनमा यी युवतीलाई टिकटक लाइभमै पेट्रोल छर्केर आगो लगाइयो!

नेपालखबर
असोज १६, २०७७ शुक्रबार ३:३४,

चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल खन्याएर आगो लगाई मारेका छन्।

बीबीसीका अनुसार चिनियाँ संस्करणको टिकटक ‘डोइन’मा चर्चित लामु नामकी महिलालाई जिउँदै जलाइएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण भएको २ सातापछि बुधबार उनको मृत्यु भएको हो।

चीनको सिचुवान प्रान्तकी ३० वर्षीया लामुले गत सेप्टेम्बरमा अन्तिम भिडिओ पोस्ट गरेको डेली मेलले जनाएको छ। भिडिओमा उनले आफ्ना प्रशंसकलाई परम्परागत तिब्बती भाषाको गीत गाउँदै शुभकामना दिएकी थिइन्।

त्यसकाे भोलिपल्ट नियमित लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो र लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चिच्याएको आवाज सुनेका थिए।

त्यसको २ दिनपछि उनकी दिदीले घटनाको जानकारी दिएपछि उनलाई लाइभमै जलाइएको खुलासा भएको हो।

घटनामा संलग्न आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेकाे चिनियाँ प्रहरीले जनाएको छ।

टिकटकमा उनले ग्रामीण जीवन झल्काउने  भिडिओ पोस्ट गर्ने गर्थिन्। जसका कारण उनी चर्चित थिइन्। टिकटक भिडिओमा लाखौं ‘लाइक्स’ आउँथे।

गत सेप्टेम्बर १४ मा उनीविरुद्ध आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ। उनलाई बचाउने आर्थिक सहयोग संकलन गरी अस्पताल भर्ना गरिए पनि नसकिएको बताइएको छ।

यो घटनाले चीनमा हुने महिला हिंसालाई पुनः सामाजिक सञ्जालमा आलोचनाको प्रमुख विषय बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .