सप्तरी, रुपन्देही र कपिलवस्तुमा एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेको छन्। मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो।
अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिए।
त्यस्तै बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो।
यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका ती पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ।
यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ निवासी ५० वर्षीया कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। उनको बिहान ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन्।

प्रतिक्रिया