समाज


स्वास्थ्य मन्त्रालयले भन्यो : पीसीआर टेस्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू

स्वास्थ्य मन्त्रालयले भन्यो : पीसीआर टेस्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू

नेपालखबर
असोज ११, २०७७ आइतबार ११:२४,

स्वास्थ्य तथा मन्त्रालयले पीसीआर टेस्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

 निजी मेडिकल कलेजले आरटीपीसीआर परीक्षण गराएर मात्रै परीक्षामा सहभागी गराउने भन्ने निर्णय गरेको भन्दै मन्त्रालयले सो निर्णय वैज्ञानिक नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको हो।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले लक्षण नभएका कुनै पनि विद्यार्थीलाई पीसीआर परीक्षण नगराउन आग्रह गरेका हुन्।

‘निजी मेडिकल कलेजले विद्यार्थीहरुलाई आरटीपीसीआर परीक्षण गरेर परीक्षमा सहभागी गराउने निर्णय गरेकोमा यो निर्णयलाई वैज्ञानिक आधारले पुष्टि गर्दैन’, उनले भने, ‘लक्षण नभएका कुनै पनि विद्यार्थीहरुलाई पीसीआर गरेर मात्रै परीक्षामा सहभागी गराउने भन्ने निर्णय कार्यान्वयन नगर्न÷नगराउन आग्रह गर्दछौँ।’

प्रवक्ता गौतमले लक्षण भएका, संक्रमितको सम्पर्कमा आएकाहरु, फ्रान्टलाइनमा काम गर्ने व्यक्तिहरु, आइसीयूमा भर्ना भएका व्यक्तिहरु लगायतका स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डभन्दा बाहिरको मानिसहरुलाई टेस्ट गराउनु अवैधानिक भएको भन्दै यस्तो काम नगराउन निजी मेडिकल कलेजलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad