महाकाली सिंचाई आयोजना महेन्द्रनगरका प्रमुख प्रचण्डदेव बिष्ट ११ लाख नगदसहित अख्तियारको फन्दामा परेका छन्।
काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित ईसन होटलबाट आयोजनाका कामु निर्देशक (सीडीई) बिष्टलाई साे रकमसहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए।
‘स्रोत नखुलेको ११ लाख रकम सहित नियन्त्रणमा लिएका छौँ, थप अनुसन्धान भइरहेको छ’ प्रवक्ता अधिकारीले नेपालखबरसँग भने।
सुन्धारास्थित ईसन होटलमा बसेका बिष्टलाई महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बुधवार राति नियन्त्रणमा लिएको थियो।
युवतीसँग रक्सी खाइरहेको बेला पक्राउ परेका प्रमुख बिष्टलाई बिहीबार अख्तियारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। उनीसँगै पक्राउ परेकी युवतीलाई भने सामान्य सोधपुछपछि बिहीबार छाडिएको छ।
प्रतिक्रिया