समाज


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, उद्धार गर्न गएका दुई घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, उद्धार गर्न गएका दुई घाइते

नेपालखबर
असोज ७, २०७७ बुधबार १२:३५,

अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ घताले चोकमा दुई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन्।

घलातेमा बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते रामेछाप घर भएका २० वर्षीय अनिश श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको माटरसाइकलको उद्धार गर्न गएको भे ६प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते इलाम घर भएका २१ वर्षीय उज्ज्वल राई र २३ वर्षीय सुजल गहतराजको भक्तपुरको सल्लाघारीस्थित डा इबामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad