समाज


किशोरीलाई सीमा त कटाए तर भारतीय दलाल लिन नआएपछि फर्किंदा पक्राउ परे

किशोरीलाई सीमा त कटाए तर भारतीय दलाल लिन नआएपछि फर्किंदा पक्राउ परे

नेपालखबर
असोज ६, २०७७ मंगलबार १६:३१,

किशोरीलाई बेचविखन गर्न लैजाँदै गरेको अवस्थामा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सुनसरीकी १७ वर्षीय किशोरीलाई भारतमा बेचविखन गर्न लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

मोरङको रानी भन्सारमा पक्राउ पर्नेमा मोरङकै लेटाङ ३ घर भइ सुनसरीको रामधुनी नगरपालिका ५ बस्ने २२ वर्षीया मोनिका ढकाल, सप्तरीको विष्णुपुर गाउँपालिका ५ का २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीको तिलाठी कैलाठीका २० वर्षीय प्रदीप कुमार मण्डल रहेका छन्।

मोनिकाले किशोरीलाई भारतमा रोजगारी मिलाइदिने, मोवाइल किनिदिने तर काम भने मन्दिरमा हुने भन्दै फकाएको किशोरीले प्रहरीलाई बताएकी छन्।

मंगलबार बिहानै भारतीय सीमाना कटाए पनि पारी पुगेपछि भारतबाट लिन आउँछु भनेका दलाल नआएपछि उनीहरु अलपत्र परेका थिए। त्यसपछि नेपालतर्फ नै फर्किएका उनीहरुलाई प्रहरीले सीमानामा पक्राउ गरेको हो।

अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको एसपी खड्काले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .