नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ।
आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो।
कुलमान चार वर्षे कार्यकाल पूरा गरी मंगलबार प्राधिकरणबाट बिदा भएका थिए।
घिसिङले आफूलाई दिइएको जिम्मेवारी पूरा गरेर लोडसेडिङलाई इतिहास बनाइदिएको बताएका थिए। चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा लिने क्रममा मंगलबार घिसिङले लोडसेडिङमुक्त नेपाललाई निरन्तरता दिनु प्राधिकरणको भावी नेतृत्वका लागि चुनौतिपूर्ण हुने बताएका थिए।
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा कसैलाई नियुक्त गरेको छैन।

प्रतिक्रिया