प्रहरीले पेट्रोलियम पदार्थमा मिसावट गर्ने दुई वटा ट्यांकरका चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने ना.७ ख ३९२३ को ट्यांकर चालक वर्ष २६ को राजेश विश्कर्मा र मकवानपुरको हेटौडा नगरपालिका–११ नवलपुर बस्ने ना.७ ख ४०९३ को ट्यांकर चालक वर्ष २९ को सन्तोष खड्का रहेका छन्।
उनीहरुले ट्यांकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा पेट्रोलमा मिसावट गरेको प्रहरीले जनाएको छ। २ नं. प्रादेशिक कार्यालय अमलेखगंजमा ट्यांकर खालि गर्नुपूर्व निगमको गुणस्तर बिनियमावाली अनुरुप गुणस्तर चेकजाँच गर्दा मिसावट रहेको पाइएको थियो।
निजहरूलाई पक्राउ गरी कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट दिन १० (दस) को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया