नेपाल पत्रकार महासंघले कैलालीको धनगढीस्थित दिनेश एफएमका पत्रकारमाथि भएको आक्रमणको स्थलगत अध्ययन गर्न मिसन टोली पठाउने भएको छ।
महासंघका महासचिव महासचिव रमेश विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी हुनेछन्।
टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्यतथ्य सार्वजनिक गर्ने महासंघले जनाएको छ।
केही दिन अघि समाचारको विषयमा एक समूहले एफएम कार्यालयमै प्रवेश गरी पत्रकारहरुमाथि हातपात गरेको थियो।

प्रतिक्रिया