दाङमा आज करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका ४ वर्षीया रेणुका चौधरी, ८ वर्षीय प्रशान्त चौधरी र ३ वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।
उनका अनुसार स्थानीय एक व्यक्तिको मृत्यु भएका घरमा शुद्ध-शान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो।
दिउँसाे १ बजेतिर मृत्यु भएका बालबालिकाकोे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ। रासस
प्रतिक्रिया