समाज


पहिरोमा बेपत्ता वृद्धको शव फेला

पहिरोमा बेपत्ता वृद्धको शव फेला

नेपालखबर
भदौ २९, २०७७ सोमबार ७:९,

अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि शनिबार बिहान फेला परेको हो। मृतक पौडेल परिवारका पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो। पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad