समाज


अध्ययन भन्छः कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने

अध्ययन भन्छः कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने

नेपालखबर
भदौ २८, २०७७ आइतबार १०:३०,

यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय लाग्ने उल्लेख गरेका छन्।

उनीहरुले कोरोनाका कारण समस्या सृजना भएका धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन्।

यस अध्ययनमा कोरोना भाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितहरुलाई समेटिएको थियो।

अध्ययनमा सहभागीहरु अस्पताल भर्ना भएका १५० जना विरामी नै थिए। उनीहरु अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका विरामी हुन्। शुरुमा ८६ विरामीमा सर्वेक्षण गरिएको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि छ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरुमाथि अध्ययन गरिएको थियो। उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरुलाई विश्लेषण गरिएको थियो।

त्यसैगरी रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटी स्क्यान र इकोकार्डियोग्रामको विवरणहरुलाई समेत हेरिएको थियो।

यी सवै विवरणहरुका आधारमा पहिलो पटकको नतिजा हेर्दा झण्डै ८८ प्रतिशत विरामीमा फोक्सोको समस्या देखिएको थियो।

त्यसैगरी डिस्चार्ज भएको १२ औँ हप्तामा दोस्रो पटकको परिक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन्।

यसरी जति पछि हुँदै गयो, त्यति धेरै विरामीका मुटु र फोक्सोको समस्यामा कमी हुदै गएको देखिएको अध्ययनकर्ताहरुको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad