ad ad

समाज


सिन्धुपाल्चोक पहिरो अपडेट : सात शव भेटियाे, २४ बेपत्ता, सभामुख सापकोटा घटनास्थलमा

सिन्धुपाल्चोक पहिरो अपडेट : सात शव भेटियाे, २४ बेपत्ता, सभामुख सापकोटा घटनास्थलमा

नेपालखबर
भदौ २८, २०७७ आइतबार ४:२७,

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ। अझै २४ जना हराइरहेका छन्।

बाह्रबिसे नगरपािलकाका मेयर निमफुन्जे शेर्पाले एकछिन अघि दिएको जानकारीअनुसार अहिलेसम्म सात जनाको शव भेटिएको हो।

‘खोजी जारी छ,’ घटनास्थलमै रहेका मेयर शेर्पाले नेपालखबरसँग भने, ‘सभामुख अग्निप्रसाद सापकोटा पनि अहिले यहीँ हुनुहुन्छ।’ सभामुख सापकोटाको गृह जिल्ला सिन्धुपाल्चोक नै हो।

मेयर शेर्पाका अनुसार सभामुख सापकाेटा गाडीमार्फत टाेली लिएर घटनास्थल पुगेका हुन्। 

भेटिएका सात शव ककसका हुन् भन्ने विषयमा अहिले पत्ता लगाउने प्रयास भइरहेको मेयर शेर्पाले बताए।

‘हामी उद्धारकै क्रममा छौं, सबै विवरण एकिन भइसकेको छैन,’ मेयर शेर्पाले भने, ‘माथि भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको रहेछ, अहिलेसम्म २४ घर पुरिएको विवरण पाएका छौं।’

यसअघिकाे खबरमा २ मृतककाे नाम प्रहरीले दिइसकेकाे छ- सिन्धुपाल्चोक पहिरो अपडेट : २ महिलाकाे शव भेटियो, २२ जना बेपत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .