ad ad

समाज


सिन्धुपाल्चोक पहिरो अपडेट : २ महिलाकाे शव भेटियो, २२ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : २ महिलाकाे शव भेटियो, २२ जना बेपत्ता

नेपालखबर
भदौ २८, २०७७ आइतबार २:४२,

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा आइतबार बिहान गएको पहिरोमा बेपत्ता २ जनाको शव फेला परेको छ भने अझै २२ जना हराइरहेका छन्।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी प्रकाश सापकोटाले केही बेरअघि दिएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नागपुजेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर्षीया भक्तिमाया श्रेष्ठको शव भेटिएको हो। त्यहाँ अझै १६ जना हराइरहेका छन्। पहिरोले ७ घर पुरेको छ।

यस्तै सोही वडाको भीरखर्कस्थित विक टोलमा गएको पहिरोमा २ जनाको शव भेटिएको छ। डीएसपी सापकोटाका अनुसार स्थानीय २३ वर्षीया जुना विकको शव भेटिएको हाे। अन्य ६ जना हराइरहेका छन्। त्यहाँ २ घरमा पहिरोले क्षति पुर्‍याएकाे हाे।

यस्तै बाह्रबिसे वडा नम्बर ७ मै पर्ने केम्बे भन्ने स्थानमा पनि पहिरोमा परी ३ जना घाइते भएका छन्। उपचारका लागि उनीहरूलाई अपस्तालतर्फ लगिँदै गरेको उनले जानकारी दिए।

‘घाइतेहरूको नाम खुलिसकेको छैन,’ डीएसपी सापकोटाले नेपालखबरसँग भने, ‘त्यहाँ प्रहरीको टोली पुगिसकेको छैन, विस्तृत विवरण प्राप्त हुन बाँकी छ। अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारी यही हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .