ad ad

समाज


अमेरिकाको अरेगोनमा जारी भीषण डढेलोमा ८ शव भेटियो, कैयौं व्यक्ति बेपत्ता

अमेरिकाको अरेगोनमा जारी भीषण डढेलोमा ८ शव भेटियो, कैयौं व्यक्ति बेपत्ता

नेपालखबर
भदौ २८, २०७७ आइतबार ०:३४,

अमेरिकाको उत्तर–पश्चिमी राज्य अरेगोनस्थित जंगलमा केही दिनदेखि फैलिइरहेको डढेलोका कारण शनिबारसम्म ८ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति बेपत्ता भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार शुक्रबार साँझ अरेगोनका गभर्नर केट ब्राउनले कैयौं मानिस हराइरहेको र दशौं हजार आफ्नो घर छाड्न बाध्य भएको जानकारी दिएका छन्।

राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यु फेल्प्सलेले डढेलोका कारण ठूलो संख्यामा मृत्यु भएको हुन सक्ने अनुमान उद्धारकर्मीले गरेको बताएका छन्। तर मृत्यु भएका व्यक्तिको एकिन विवरण आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन।

अधिकारीले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेका छन्। डढेलोले हजारौं संरचना आगोले नष्ट पारेको बताएका छन्।

सयौं अग्निनियन्त्रक टोली डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .