ad ad

समाज


काठमाडौंमा बिहानैदेखि वर्षा, अन्य स्थानको के छ अवस्था?

काठमाडौंमा बिहानैदेखि वर्षा, अन्य स्थानको के छ अवस्था?

नेपालखबर
भदौ २७, २०७७ शनिबार २३:५६,

काठमाडौं उपत्यकामा आज (आइतबार) बिहानैदेखि वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार उपत्यकामा करिब २ घण्टा (बिहान ५:३० मा बताएअनुसार) देखि वर्षा भइरहेको हो। यो क्रम अझै दुई घण्टाजति जारी रहने सम्भावना छ।

‘उपत्यकामा कतै हल्का, कतै मध्यमसम्म वर्षा भइरहेको छ,’ नेपालखबरसँग उनले भने।

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकालगायत पहाडी स्थानमा वर्षा भइरहेको उनले जानकारी दिए।

यसैगरी अहिले प्रदेश १, २ र प्रदेश ५ का तराई क्षेत्रमा पनि वर्षा भइरहेको छ। ‘विशेष गरी अहिले तराई क्षेत्रमा वर्षा भइरहेको छ र पहाडी क्षेत्रका पनि केही स्थानमा पानी परिरहेको छ,’ मौसमविद् प्रधानांगले भने।

आज दिउँसो पनि प्रदेश १ देखि ५ सम्म विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। ‘साथै यी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ उनले भने।

राति पनि देशभर  आंशिक देखि सामान्यतया  बदली  रही  केही स्थानमा  मेघगर्जन/चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का  एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

माैसमविद्  प्रधानांगका अनुसार कर्णाली र सुदूरपश्चिममा भने आज खासै वर्षाको सम्भावना देखिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .