समाज


अध्ययन भन्छः कोरोना लागेर स्वस्थ बनेकामा दीर्घकालिन प्रतिरोधात्मक क्षमता हुँदैन

अध्ययन भन्छः कोरोना लागेर स्वस्थ बनेकामा दीर्घकालिन प्रतिरोधात्मक क्षमता हुँदैन

नेपालखबर
भदौ २४, २०७७ बुधबार ७:५०,

चिनियाँ सेनाका वैज्ञानिकहरुको अध्ययनअनुसार ८० प्रतिशत कोरोना संक्रमित बनेका मानिसमा हल्का लक्षण देखिएका छन् अथवा लक्षण नै देखिएको छैन।

इन्स्टिट्युट अफ आर्मी मेडिकल युनिभर्सिटीका डाक्टर ये लिलिनले नेतृत्व गरेको अनुसन्धानका अनुसार लक्षण हल्का देखिुन र नदेखिनु दिर्घकालिन प्रतिरोधात्मक क्षमता होइन।

हल्का लक्षण देखिएका र लक्षण नै नदेखिएका व्यक्ति जो कोरोनाबाट स्वस्थ बनिसकेका छन् उनीहरुमा दिर्घकालिन प्रतिरोधात्मक क्षमता नहुने र जसलाई पनि फेरि अर्कोपटक कोरोना संक्रमण हुनसक्ने अनुसन्धानमा बताइएको छ।

यो तथ्यले कोरोनाविरुद्धको खोप बनाउने वैज्ञानिकहरुलाई प्रभावकारी खोप बनाउन सघाउ पुर्याउने लिनिनको भनाइ छ।

हालसम्म विश्वभर ४ सय वटा कोरोनाविरुद्धका खोपहरु विकास भइरहेका छन्। तीमध्ये कयौंलाई मानवमा परीक्षण गरिएको छ।

सुरुवाती नतिजाअनुसार ती खोपहरुले कोरोनाविरुद्ध एन्टीबडी पैदा गरेको देखिएको छ जसले मानिसको प्रतिरोधात्मक क्षमता बढाउँछ।

तर त्यो प्रतिरोधात्मक क्षमता कतिसम्म रहन्छ भन्ने प्रश्न पनि खडा हुन थालेको छ। कोरोना संक्रमितमा गरिएको अनुसन्धानमा खोप प्रयोग गरेपछि चाँडै एन्टीबडी शरीरबाट हराएको पनि देखिएको छ।

पछिल्लो समय हङकङ, अमेरिका, भारत लगायतका देशमा कोरोनाबाट निको भइसकेका मानिसमा फेरि कोरोना देखिएको विषय सार्वजनिक भएको थियो।

अनुसन्धानले प्रभावकारी खोपको निर्माण गर्न र मानिसले कोरोनाविरुद्धको उपाय पालना गर्नुपर्ने सुझाव दिएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .