ad ad

समाज


अवैध ओसारपसारमा संलग्न सात टिपर र तीन मिनीट्रक नियन्त्रणमा

अवैध ओसारपसारमा संलग्न  सात टिपर र तीन मिनीट्रक नियन्त्रणमा

नेपालखबर
भदौ २४, २०७७ बुधबार ७:३०,

नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारबाहीको लागि नियन्त्रणमा लिएको छ।

बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरिएको बालुवा लोड गरिरहेको अवस्थामा सात टिपर र तीनवटा मिनीट्रकलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कानूनअनुसार असार १ देखि भदौ मसान्तसम्म (तीन महिना) नदीजन्य पदार्थको उत्खनन तथा संकलन गर्न प्रतिबन्ध लगाइएको छ। यसअघि पनि प्रतिबन्धमा अटेर गर्ने एक दर्जनभन्दा बढी ढुवानी साधन कारबाहीमा परिसकेका छन्। लुकीछिपी बालुवा उत्खननमा संलग्न दुई स्काभेटर, १३ टिपर, दुई आइचर र दुईवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ। यो आवमा रु चार लाख १५ हजार जरिवाना असुल भइसकेको प्रहरीले जनाएको छ।

गत वर्ष अवैध ओसारपसारमा संलग्न सवारी साधनको कारवाहीबाट रु १७ लाख ६५ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .