समाज


जसले दिनभर काम सघाए, एक हजार नपाएपछि राति आएर दाजुबहिनीकै हत्या गरे

जसले दिनभर काम सघाए, एक हजार नपाएपछि राति आएर दाजुबहिनीकै हत्या गरे

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १२:५०,

खोटाङमा वृद्ध दाजुबहिनीको हत्या स्थानीयबाटै भएको खुलेको छ। प्रहरीले उनीहरुको विभत्स हत्यामा संलग्न रहेको अभियोगमा स्थानीय ३३ वर्षीय दुर्गाबहादुर राईलाई पक्राउ गरेको हो।

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय पेलेलेका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको घरमै धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। भदौ १९ गते ढोका बाहिरबाट बन्द गरेको अवस्थामा भित्र शव फेला परेको थियो। घरमा दाजुबहिनीमात्रै बस्छन्। इन्द्रबहादुर अविवाहित हुन् भने गोपिमाया पछिल्लो समय माइतीमै बस्दै आएकी थिइन्।

दुर्गाबहादुरले एक हजार रुपैयाँ नदिएका कारण वृद्ध दाजुबहिनीको हत्या गरेको वयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी नारायणप्रसाद चिमरियाका अनुसार दुर्गाबहादुरले दिनभर मकैको ढोड काट्न सहयोग गरेका थिए। सुरुमा बेलुका दिन्छु भनेपनि साँझमा एक हजार रुपैयाँ नदिएपछि राति आएर उनीहरुको हत्या गरेको पाइएको छ।

बोपुङबाट पक्राउ गरिएका दुर्गाबहादुरको साथबाट प्रहरीले एक हजार १ सय ७० रुपैयाँ र घटनामा प्रयोग गरिएको खुकुरी र झोला बरामद गरेको छ। उनले उक्त रकम गोपीमायाको थैलीबाट झिकेको बताएका छन्।

मंगलबार प्रहरीले सार्वजनिक गरेका दुर्गाबहादुर माथि कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad