ad ad

समाज


चितुवाका चार बच्चा फेला

चितुवाका चार बच्चा फेला

नेपालखबर
भदौ २२, २०७७ सोमबार १४:४७,

पहाडी जिल्ला लमजुङमा चितुवाका चार बच्चा एकै ठाउँमा भेटिएका छन्। आज साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका –२ किरेपानी सामुदायिक वन नजीकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन्।

स्थानीयावसी कृष्ण केसीका अनुसार मान्छे कोही नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर गरिएको थियो। खबरलगत्तै सबडिभिजन कार्यालयले बेँसीशहर सबडिभिजन वन कार्यालयलाई खबर गरेर उक्त स्थानमा प्रमुख नारायणप्रसाद कोइरालालगायतको टोली पठाएको डिभिजन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताए।

साना भर्खरै जन्मिएका बच्चाहरु रहेको उनले बताए। यस क्षेत्र वरिपरि मानिसको बस्ती नरहेको र जङ्गल रहेकाले मानिसलाई त्यति खतरा नरहेको र बच्चाको माउ आएर बच्चा लैजाने भएकाले सोही स्थानमा केही नगरी उक्त टोली फर्किएको छ।

चितुवाका बच्चा भालेले मारिदिने र पोथीले विभिन्न स्थानमा सार्दैसार्दै हुर्काउने भएकाले सो स्थानमा ल्याएको हुन सक्ने जनाइएको छ। टोली मङ्गलबार पनि त्यहाँ अनुगमन गर्न जाँदै छ।

लमजुङमा अन्य जिल्लाका तुलनामा चितुवाले मानिसलाई आक्रमण गरेको घटना निकै कम रहेको डिभिजन वन कार्यालयले जनाएको छ। यही महिनाको पहिलो सातातिर बेँसीशहर नगरपालिका –९ साम्दीका एक बासिन्दालाई चितुवाले आक्रमण गरेको थियो।

त्यस्तै गत वर्ष बेँसीशहर– २ नवरुवालमा समेत चितुवाले आक्रमण गरेको थियो। मानिसलाई कम आक्रमण गरे पनि पशुचौपायालाई भने बेला बेला आक्रमण गर्दै मार्ने गरेको उक्त कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .