कोरोना संक्रमण बढ्दै गएपछि मोरङ जिल्ला प्रशासन कार्यालयले थप एक साता निषेधाज्ञा जारी गरेको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले आज (भदौ २२ गते) राति १२ बजेदेखि भदौ २८ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेका हुन्।
यस अवधिमा अत्यावश्यकबाहेक सार्वजनिक सवारी साधन सञ्चालन लगायतका भिडभाडजन्य गतिविधिमा रोक लगाइएको छ।
यद्यपी सिटी रिक्साहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने गरी सञ्चालन अनुमति दिइएको छ भने सरकारले मापदण्ड तोकेअनुसार पसलहरु साँझ ७ बजेसम्म खुल्ने भएका छन्।
साथै साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको छ।
प्रशासनले १० वर्ष मुनि र ६० वर्ष माथिका नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।
मोरङमा कोरोना संक्रमणका कारण हालसम्म १८ सय ५८ जना संक्रमित भएका छन् भने २३ जनाको मृत्यु भएको छ।
Shares
प्रतिक्रिया