ad ad

समाज


काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि

नेपालखबर
भदौ २२, २०७७ सोमबार १०:५७,

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .