ad ad

समाज


कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा उपलब्ध हुन्छः डब्लूएचओ

कोरोनाविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा उपलब्ध हुन्छः डब्लूएचओ

नेपालखबर
भदौ २०, २०७७ शनिबार ७:५७,

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताएका हुन्।

डब्लूएचओका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन्।

उनले सो पत्रकार सम्मेलनका क्रममा भनेका थिए,‘मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ।’

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सक्ने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए।

उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए।

त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने उनको भनाइ छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .