ad ad

समाज


खतिवडाले अर्थतन्त्रलाई गुणात्मक फड्को मार्ने अवसर कनिका छरेर बिताए : डा भट्टराई

खतिवडाले अर्थतन्त्रलाई गुणात्मक फड्को मार्ने अवसर कनिका छरेर बिताए : डा भट्टराई

नेपालखबर
भदौ २०, २०७७ शनिबार ५:१४,

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो विज्ञताको सदुपयोग गर्न नसकेको बताएका छन्।

राष्ट्रियसभा सदस्य नरहेसँगै आजबाट अर्थमन्त्रीबाट बिदा हुन लागेका खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ नरहेको उनको तर्क छ।

दुई तिहाई निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को मार्ने अवसर खतिवडालाई भए पनि उक्त अवसर उनले कनिका छरेरै बिताएको डा. भट्टराईको आरोप छ।

उनले गुणत्मक फड्को मार्ने काम नगरे पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खतिवडाजस्तो अर्को अर्थमन्त्री आउने सम्भावना भने कम रहेको प्रतिक्रिया दिएका छन्।

‘डा. खतिवडाको बिदाईमा आँसु चुहाउने ठाउँ छैन।२/३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए’, सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्, ‘विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले।ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु!’

बिहीबार बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभाको एक रिक्त सदस्यमा उपाध्यक्ष वामदेव गौतमको नाम सरकारका तर्फबाट सिफारिस गर्ने निर्णय गरेपछि अर्थमन्त्री डा. खतिवडा सरकारबाट बाहिरिनु परेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहे पनि पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेपछि उनी पछि हटेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .