समाज


ललितपुरमा कर्फ्यु हट्यो, पुल्चोक र मंगलबजार निषेधित क्षेत्र घोषित

ललितपुरमा कर्फ्यु हट्यो, पुल्चोक र मंगलबजार निषेधित क्षेत्र घोषित

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १५:१४,

जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका दुई ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार रथ रहेको पुल्चोक क्षेत्र र मंगलबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।

शुक्रबार बिहानबाट लगाइएको कफ्र्यु अहिले राति १० बजेबाट सकिँदैछ । कफ्र्यु नथपिने तर ती क्षेत्रमा भने निषेध गरिने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले नेपालखबरलाई जानकारी दिए।

यी क्षेत्रलाई २६ गतेसम्मलाई बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ। रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिण सेन्टजेभियर स्कुल अगाडि र उत्तरमा बखुण्डोल चोकसम्म निशेध गरिएको छ।

पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, दक्षिण पूर्णचण्डी मन्दिर र उत्तरमा तिमबहाल क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार झडप भएपछि प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको हो। उपत्यकाका अन्य ठाउँमा भने यसअघि घोषणा गरिउको निषेधाज्ञा जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .