काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँ ३८६, भक्तपुर ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया