ad ad

समाज


अनुमतिबिनै रथ तानेकोमा ज्यापु समाजको आपत्ति, सुरक्षाका लागि खटाइयो ५०१ स्वयंसेवक

अनुमतिबिनै रथ तानेकोमा ज्यापु समाजको आपत्ति, सुरक्षाका लागि खटाइयो ५०१ स्वयंसेवक

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ९:३१,

ज्यापु समाजले आफ्नो र स्थानीय प्रशासनको अनुमतिबिनै पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तानिएको भन्दै आपत्ति जनाएको छ।

बिहीबार दिउँसो बसेको समाजको बैठकले रथको सुरक्षाका लागि ५०१ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको समाजका अध्यक्ष चन्द्र महर्जनले नेपालखबरलाई जानकारी दिए।

‘हामीले छोटो विधिबाट, प्रशासनको अनुमतिमै रथ तान्ने भनेका थियौं, यस विषयमा आज १ बजे बैठक बोलाइएको थियो तर बैठक पहिले नै उत्श्रृंखल समूहले रथ तानेको हाम्रो ठम्याइ छ’, महर्जनले भने।

बैठक अहिले पनि बसिरहेको र के कसरी गर्ने भन्ने थप निर्णय गर्ने तयारी ज्यापु समाजले गरेको छ।

No description available.

बिहीबार दिउँसो अकस्मात भेला भएका स्थानीय नेवार समुदायले रथ तान्न सुरु गरेका थिए।

निषेधाज्ञाको समयमा रथ तान्न थालेपछि प्रहरीले त्यसलाई रोक लगाउने प्रयास गरेको थियो। त्यसक्रममा भेला भएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा पनि हानेको थियो।

स्थानीयले  पानीको फोहोरा हान्ने प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन्। एउटा सरकारी मोटरसाइकलसमेत स्थानीयले जलाएका छन्। ढुंगामुढाबाट एक जना ट्राफिक प्रहरी घाइते भएका छन्।

अहिले पनि त्यसक्षेत्रमा बाक्लो रुपमा स्थानीय भेला भएका छन्। तर रथ रहेको क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ।

यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशासनले पनि छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

निषेधको आदेश जारी भएको र जात्रा लगायतका धार्मिक कार्यक्रम रोकेकाले सञ्चालन हुन नदिने प्रजिअ भट्टले बताए। अराजक हिसाबले कसैलाई पनि नआउन र कानुनको पालना गर्न प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .