समाज


आमाकै सहयोगमा बालिकालाई दिल्ली पुर्‍याएर यौन शोषण

आमाकै सहयोगमा बालिकालाई दिल्ली पुर्‍याएर यौन शोषण

संजीतकुमार मण्डल
साउन ६, २०७६ सोमबार १२:१६,

आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएकी छन्।

महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनकी आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीयवासी ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पु¥याई ती किशोरीलाई १७ दिनसम्म यौन शोषण गरेको रहस्य खुलेको जानकारी दिए।

काम लगाइदिने प्रलोभन दिएर किशोरी र उनकी आमा दुवैलाई गत जेठ २७ गते दिल्ली लगेर आमाकै अगाडि सीयारामले छोरीमाथि बारम्बार बलात्कार गरेको पीडित बालिकाले बयान दिएकी प्रहरी उपरीक्षक अधिकारीले बताए।

पहिलेदेखि नै आमासँग सीयारामको अनैतिक सम्बन्धमा रहेको थियो। घरमा कामकाज गर्दै आएका सीयारामले एक दिन छोरीसँग पनि सम्बन्ध कायम गराउन भनेपछि आमाले घरमा सम्भव नहुने बताइन्। आमाले छोरीलाई गाउँबाट बाहिर लगेपछि मात्रै सम्भव हुने भनेपछि सीयाराम र आमा दुबै मिलेर योजना बनाउन थाले। योजना अनुसार काम लगाइदिने भन्दै सियारामले आमासँगै किशोरीलाई गाउँबाट जनकपुर हुँदै भारतको जयनगर र त्यसपछि दरभङ्गा भएर दिल्ली पुर्याएका थिए।

दिल्ली पुर्याएकै दिनदेखि आमाले सीयाराम र छोरीलाईसँगै एउटै कोठामा सुत्न लगाएको र पटक/पटक बलात्कार गराएको किशोरीले बयान दिएकी छिन्। किशोरीलाई कोठामा कडा निगरानीका साथ राखेकी, शौचालय जाँदा पनि आमासँगै जाने गरेको र बाहिर निस्कन नदिएर चरम यौन शोषण गरेको किशोरीले बयान दिएकी छिन्।

गाउँबाट जनकपुर काम गर्न गएकी बहिनीले एक दिन पनि फोनसम्म नगरेपछि किशोरीकी दिदीले गाउँमै बस्दै आएकी आफ्नी ठूली आमालाई लिएर बहिनीलाई आमासँगै कामको लागि बाहिर पठाउन सहयोग गरेका सीयारामका बुबा राम आशिष महतो र स्थानीय नेता भनिएका रामजतन महतोलाई आफ्नी बहिनी र आमाका बारेमा सोधखोज गरेका थिए। तर शुरुमा उनीहरु आलटाल गरेपछि आफू प्रहरीमा जाने, गाउँमा हो हल्ला गर्ने भनेपछि सीयारामका बुबा राम आशिष र नेता रामजतनले असार १६ गतेका दिन किशोरीलाई दिल्लीबाट घर मगाएका थिए।

सत्र दिनसम्म यौन शोषणको सिकार भएर आएकी किशोरीले सबै कुरा दिदी र ठूली आमालाई भनेपछि गाउँमा होहल्ला हुने र पक्राउ पर्ने डरले आफ्नै छोरीलाई यौन शोषण गराएकी आमा र यौन पिपासु सीयाराम दुवैजना पुनः भारतमै भागेका छन्।

तर पीडित किशोरीले असार २२ गते आफूलाई काम गर्न बाहिर पठाएका सीयारामका बुबा राम आशिष महतो र स्थाीनय नेता रामजतन महतोमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गराएकी प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक अधिकारीले पीडित किशोरीको मेडिकल जाँच गराउँदा उनको यौन शोषण भएको प्रमाणित भइसकेको जानकारी दिए। घटनामा संलग्न हुनेले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दाबी गर्दै उनले घटनाको विस्तृत अध्ययन अनुसन्धान भइरहेको र घटनामा संलग्न मुख्य आरोपी अझै फरार रहेकाले उनको खोजतलाश भइरहेको जानकारी दिए। ‘हामीले जसरी पनि पीडितालाई न्याय दिलाउने गरी काम कारवाही अगाडि बढाएका छौं’, उनले भने, ‘घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad