प्रहरीले अवैध हतियारसहित विराटनगरबाट तीन जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–४, कंचनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउन्ड गोलीसहित ५ जनालाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जना रहेका प्रहरीले जनाएको छ।
केही व्यक्तिहरुले व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोराङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूले प्रयोग गरेको को३२प ७५२५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका पाँचै जनालाई हिरासतमा लिए थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया