समाज


चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते

चट्याङ लागेर एकको मृत्यु, पाँच जना घाइते

नेपालखबर
भदौ १७, २०७७ बुधबार १:८,

ताप्लेजुङमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

फुङलिङ नगरपालिका १० फुरूम्बुकी दुर्गा भट्टराईको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले गम्भीर भएकी भट्टराईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

ताप्लेजुङकै सिरिजंघा गाउँपालिकामा मंगलबारै चट्याङ लागेर पाँचजना घाइते भएका छन्।

सिरिजंघा ४ तेल्लोकमा दुईजना र वडा नम्बर ५ पेदाङमा तीनजना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। तेल्लोकका ३५ वर्षीय कुमार थेबे, १७ वर्षीय उमेश थेबे, पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी पत्नी ४९ वर्षीया नरमाया मावो र ६ वर्षीय छोरा अतिप मावो चट्याङ लागेर घाइते भएका हुन्।

घाइते सबैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। मंगलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .