समाज


ट्रकको व्याट्री चोरेको आराेपमा दुई भारतीयसहित पाँच पक्राउ

ट्रकको व्याट्री चोरेको आराेपमा दुई भारतीयसहित पाँच पक्राउ

नेपालखबर
भदौ १५, २०७७ सोमबार १५:५३,

पोखरा महानगरपालिका–१४ बाट ट्रकको व्याट्री चोरी गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१४ हेवलीमार्ग बस्नेहरु बाँके नेपालगंज उपमहानगरपालिका–८ घर भएका २४ वर्षीय कमल पुन, दाङ नारायणपुर नगरपालिका–१० मसिना घर भएका बिनोद भन्ने १९ वर्षीय अजय चौधरी, सोही महानगरपालिका–१४ काजिपोखरी बस्ने धादिङ सिद्वेलेख गाउँपालिका–३ सरांघाट घर भएका २५ वर्षीय पुर्ण बहादुर माझी, पोखरा महानगरपालिका–१० बिरेन्द्रचोक बस्नेहरु भारत बिहार घर भएका ४२ वर्षीय दिनेश शाह र भारत बिहार घर भएका ४२ वर्षीय बिनोद प्रसाद जैसवाल रहेका छन्।

कास्की पोखरा महानगरपालिका–१४ चाउथे खसिबजारस्थित पार्किङ गरी राखिएका बिभिन्न नम्बरका ४ वटा ट्रकहरुको ५ थान ब्याट्री शुक्रबार राति चोरी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु उपर चोरी कसुरमा मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .