ad ad

समाज


कोरोना संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु

नेपालखबर
भदौ १४, २०७७ आइतबार १०:४८,

नेपालमा एकैदिन कोरोना संक्रमणबाट १४ जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आाइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २४ घण्टामा कोरोना संक्रमणबाट ४ महिला र १० पुरुष गरी १४ जनाको निधन भएको बताए।

प्रवक्ता गौतमका अनुसार सुनसरीकी ७४, बाराकी ४७, महोत्तरीकी ६२ र काठमाडौँकी ७२ वर्षीया गरी ४ जना महिलाको संक्रमणबाट निधन भएको हो।

त्यस्तै सुनसरीका ६०, मोरङका ६२, महोत्तरीका ७० र ३५ रौतहटका ३०, ललितपुरका २९ वर्षीय पुरुषको निधन भएको छ। त्यस्तै भक्तपुरका ६५ नवलपरासीका र ६२ रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .