समाज


लिक भएको ब्रिटेन सरकारको अनुसन्धान भन्छः यो जाडोमा ८५ हजारको मृत्यु हुनसक्छ

लिक भएको ब्रिटेन सरकारको अनुसन्धान भन्छः यो जाडोमा ८५ हजारको मृत्यु हुनसक्छ

नेपालखबर
भदौ १४, २०७७ आइतबार ७:५७,

हालै लिक भएको सरकारको अनुसन्धानमा कोरोनाका कारण यसवर्षको जाडो याममा ८५ हजारको मृत्यु हुनसक्ने उल्लेख गरिएको बीबीसीले जनाएको छ।

बीबीसीले फेला पारेको यस अनुसन्धानमा समेटिएका विषय भविष्यवानी नभएर परिदृश्य भएको पनि जनाइएको छ।

सेज साइन्टिफिक एड्भाइजरी ग्रुपले तयार पारेको यस सरकारी प्रतिवेदनले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस तथा अन्य योजना संस्थालाई जाडोका लागि स्वास्थ्य योजना र रणनीति बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रतिवेदनअनुसार बेलायतमा पुनः कोरोनाविरुद्धका उपायहरु लागू हुनसक्छन् तर विद्यालयहरु सम्भवतः खुला नै रहनेछन्।

बेलायतका अधिकारीहरुले कोरोनाको खतरा बढे पुनः लकडाउन गर्नुको विकल्प नभएको बताइरहेका छन्।

बेलायतमा आइतबारसम्म ३ लाख ३२ हजारमा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये ४१ हजारको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad