२२ देखि ४९ मिटर व्यास भएको यस क्षुद्रग्रह पृथ्वी नजिकैबाट गुज्रने भएपनि यसले पृथ्वीमा कुनै खतरा उत्पन्न नगराउने बताइएको छ।
पृथ्वी र पृथ्वीको चन्द्रमाको दुरी ३ लाख ८४ किलोमिटर छ भने यस क्षुद्रग्रह र पृथ्वीको दुरी १ लाख २० हजार किलोमिटर भएको बताइएको छ।

पृथ्वीभन्दा ४५ हजार माइल परबाट यो क्षुद्रग्रह गुज्रने छ। नासाको अनुमानअनुसार यस क्षुद्रग्रहले प्रतिसेकेन्ड ८.१६ किलोमिटरको दुरी पार गरिरहेको छ।
यसअघि २०११ इएस४ नामको यस क्षुद्रग्रह पृथ्वीबाट चार दिनसम्म देखिएको थियो। अहिले भने यस क्षुद्र ग्रह पहिलेभन्दा झन् नजिक आउन लागेको हो। सिन्ह्वा

प्रतिक्रिया