समाज


हराएका भनिएका उपकरण अस्पतालमै भेटिए

हराएका भनिएका उपकरण अस्पतालमै भेटिए

नेपालखबर
भदौ १३, २०७७ शनिबार १३:५५,

डडेल्धुरामा एकाएक हराएका भनिएका एनआईसीयू उपकरण अस्पतालमै भेटिएका छन्।

लायन्स क्लबले डडेल्धुरा अस्पतालका लागि ल्याएका उपकरण हराएका भनिएका थिए। एनआईसीयूका १६ प्रकारका उपकरण अस्पतालमा जडान गरिएको अवस्थामा भेटिएका हुन्।

उपकरण २०७६ मंसिर ५ गते अस्पताल पुगेको लायन्स क्लब डडेल्धुराले जनाएको थियो। अस्पतालले भने पुगे नपुगेको बारे कुनै जानकारी नभएको जनाएको छ। उपकरण अहिले अस्पतालको एनआईसीयूकक्षमा जडान गरेको पाइएको छ। यी उपकरण जडानपछि अहिले अस्पतालमा आठ शय्याको एनआईसीयू सञ्चालनमा छ।

उपकरण अस्पतालमै जडित भएको पाइएपछि लायन्स क्लबले हस्तान्तरण गरेको छ। औपचारिक कार्यक्रमका साथ क्लबले शनिबार उपकरण हस्तान्तरण गरेको हो। लायन्स क्लब सामाखुसीले उपकरण पठाएको थियो। विदेशबाट आएका उपकरणको मूल्य रु २१ लाख छ। करिब रु १२ लाखका उपकरण विदेशबाट ढुवानी गर्दा रु नौ लाख खर्च भएको लायन्स क्लब डडेल्धुराका निवर्तमान अध्यक्ष अमर पुनले बताए।

आज क्लबका वर्तमान अध्यक्ष प्रेम महरले अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझालाई उपकरण हस्तान्तर गरेका हुन्। सरकारी सामग्रीको हिफाजत नगरिँदा समस्या हुने जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्टले बताए। उनले निजी सम्पत्तिलाई मात्रै माया गर्ने, हिफाजत गर्ने नेपाली परम्पराका कारण उपकरण गायब भएको जस्तो देखिएको बताए।

गत वर्ष पुसमा अस्पतालका मेसु परिवर्तन भएका थिए स्टोरकिपर पनि परिवर्तन भएकाले लायन्स क्लबले उपलब्ध गराएका उपकरण हराएको जस्तो देखिएको अस्पतालका मेसु डा जगदीशचन्द्र विष्टले बताए। अस्पतालमा जडान भएका एनआईसीयूका उपकरले अहिले दुई शय्या थप भएको छ। यसअघि अस्पतालमा ६ शय्याको एनआईसीयू सञ्चालनमा रहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad