सरकारले काठमाडौँको जनमैत्री अस्पतालसहित थप तीन अस्पाताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप तीन अस्पतालाई कोरोना विशेष अस्पतालमा रुपान्तरण गरेको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँको कान्तिपुर अस्पताल, जनमैत्री अस्पताल र वीरगन्जको नेसनल मेडिकल कलेज टिचिङ अस्पताललाई कोरोना विशेष अस्पतालमा सूचीकृत गरिएको हो।
यसैगरी सरकारले कोरोना संक्रमितको उपचारका लागी केन्द्रमा १ हजार, प्रदेशिक अस्पतालमाहरु १ हजार ९ सय ५७ र ६४९ स्थानीय निकायहरुमा ५/५ बेडका दरले ३ हजार २ सय ४५ गरी जम्मा ६ हजार २ सय २ बेड थप्ने निर्णय गरेको छ।

प्रतिक्रिया