बाइडेन ट्रम्पविरुद्ध नोभेम्बरमा राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रँदैछन्।
बिहीबार रिपब्लिकन पार्टीले ट्रम्पलाई दोस्रो कार्यकालको लागि उम्मेदवार बनाउन सहमति जनाएसँगै ट्रम्पले बाइडेन राष्ट्रपति बने अमेरिकी सपना बर्बाद हुने बताएका थिए।
उनले सो क्रममा आफू एक्लै समाजवाद, अराजकता र अतिवादजस्ता शक्तिविरुद्ध अडिग भएको बताएका थिए।
बाइडेन राष्ट्रपति बने देशमा जारी संकट झनै गहिरो बन्ने बताएका थिए। ट्रम्पले आफूविरुद्ध टिप्पणी गरेपछि ट्रम्प राष्ट्रपति बन्दा अमेरिकामा ठूलो संकट सिर्जना भएको बताए।
उनले ट्रम्पको कार्यकालमा कति खुशी हुनु भयो? भन्दै अमेरिकी नागरिकलाई प्रश्न पनि गरेका छन्। एजेन्सी
When Donald Trump says tonight you won’t be safe in Joe Biden’s America, look around and ask yourself: How safe do you feel in Donald Trump’s America?
— Joe Biden (@JoeBiden) August 28, 2020

प्रतिक्रिया