समाज


रुपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाश न्यौपाने
भदौ ११, २०७७ बिहिबार ७:५६,

तिलोत्तमा नगरपालिका–२, जानकीनगर रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

७० वर्षीया ती महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालका फोकल पर्सन डा‍ सुदर्शन थापाका अनुसार उनको बिहीबार बिहान साढे १० बजे उपचारका क्रममा मृत्यु भएको हो।

साउन २६ मा संक्रमण पुष्टि भएकी ती महिला घरमा आइसोलेशनमै बसेर उपचार गरिरहेकोमा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो। उनलाई ४ दिनअघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो।

उनीमा स्वास प्रश्वासमा समस्या, उच्च रक्तचाप, थाइराइड लगायतका दीर्घरोगको समस्या रहेका अस्पतालले जनाएको छ।

कोरोना विशेष अस्पतालमै उपचाररत कपिलवस्तुका एकजना पुरुषको बुधबार राति मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .