मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले शिक्षा सेवा आयोगका पदाधिकारी खोज्नको लागि ३ सदस्यीय ‘सर्च कमिटी’ गठन गरेको छ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा टीयूको भिसी र शिक्षा मन्त्रालयको सचिवसहितको समिति गठन गरेको हो।
आयोगमा अहिले दुई सदस्य रिक्त रहेका छन् भने अध्यक्ष ताना गौतमको कार्यकाल सकिनै लागेको छ।
‘शिक्षा सेवा आयोगमा अध्यक्षको कार्यकाल सकिन लागेको र दुई सदस्य खाली रहेको छ’, शिक्षा मन्त्रालयका एक अधिकारीले भने।
सर्च कमिटीले सम्भावित उम्मेदवारको नाम सिफारिस गर्नेछ।

प्रतिक्रिया