समाज


ट्रम्पसँगै मिलेर प्लाज्मा थेरापीको ‘बढाईचढाई’ गर्दा अमेरिकी शीर्ष डाक्टरले माग्नुपर्‍याे माफी

ट्रम्पसँगै मिलेर प्लाज्मा थेरापीको ‘बढाईचढाई’ गर्दा अमेरिकी शीर्ष डाक्टरले माग्नुपर्‍याे माफी

नेपालखबर
भदौ १०, २०७७ बुधबार २:४३,

प्लाज्मा थेरापीले कोरोनाका बिरामी बचाउने विषयमा अलि बढाईचढाई गरी बोलेकामा अमेरिकाका एक शीर्ष डाक्टरले माफी मागेका छन्।

त्यहाँको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि प्रयोगका लागि अनुमति दिएपछि त्यसका आयुक्त डाक्टर स्टिफन ह्यानविरुद्ध आलोचना भएको हो।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पकै भनाइलाई समर्थन गर्र्दै प्लाज्मा थेरापीले कोरोनाबाट हुने मृत्युदर ३५ प्रतिशतसम्म घटाउने दाबी गरेका थिए।

तर उनले पेस गरेको तथ्यांकमा वैज्ञानिकले प्रश्न खडा गरेका हुन्। किनकि त्यस्तो दाबी केवल एक क्लिनिकको सुरुवाती परिणामका आधारमा गरिएको थियो।

डाक्टर ह्यानले सीबीएस न्युजसँग भनेका थिए, ‘तथ्यांकका आधारमा के भन्न सकिन्छ भने यसले निकै राम्रो काम गर्न सक्छ।’

उनले एफडीएले प्लाज्मा थेरापीका लागि दिएको अनुमति विज्ञान र तथ्यांकमा आधारित भएको दाबी गरेका थिए।

उनले राष्ट्रपति ट्रम्पको समर्थन गरेर राजनीति गर्न खोजेको आरोप लगाइएको छ।

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावमा आफूप्रति समर्थन जुटाउन ट्रम्प प्रशासनले कोरोना उपचारलाई हतियार बनाइरहेको छ।

प्लाज्मा थेरापीलाई अनुमति दिनु एक दिनअघि ट्रम्पले एफडीएले राजनीतिक पूर्वाग्रहका कारण कोरोनाविरुद्ध खोप र उपचारमा बाधा हालेको आरोप लगाएका थिए। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad