ad ad

समाज


कोरोना निको भएको चार महिनामै हङकङका एक व्यक्तिमा पुन संक्रमण, ‘हर्ड इम्युनिटी’माथि प्रश्न

कोरोना निको भएको चार महिनामै हङकङका एक व्यक्तिमा पुन संक्रमण, ‘हर्ड इम्युनिटी’माथि प्रश्न

नेपालखबर
भदौ ९, २०७७ मंगलबार ११:९,

कोरोना भाइरस लागेर निको भएको चार महिनापछि एक व्यक्तिमा पुनः संक्रमण दोहोरिएको हङकङका अनुसन्धानकर्ताहरुले बताएका छन्।

हङकङमा ३३ वर्षीय पुरुष कोभिड–१९ संक्रमण निको भएपछि अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएका थिए। तर, अगस्ट १५ मा स्पेनबाट हङकङ आइपुगेका उनलाई पुनः कोरोना पोजिटिभ देखिएको थियो।

यसले ‘हर्ड इम्युनिटी’ले कोरोना रोक्ने दाबीमाथि आशंका उत्पन्न गरेको छ।

युनिभर्सिटी अफ हङकङका अनुसन्धानकर्ताहरुका अनुसार दोहोर्‍याएर संक्रमित भएका व्यक्तिमा लक्षण देखिएको छैन।

‘तर, यो तथ्यले खोप असरहीन हुन्छ भन्ने पुष्टि गर्दैन,’ अनसन्धानकर्ता डा. काइ वाङ तोले भनेका छन्, ‘खोपबाट सिर्जित रोगप्रतिरोध क्षमता प्राकृतिकभन्दा अलग हुन्छ। खोप कति प्रभावकारी हुन्छ भन्ने नतिजाबाट मात्र थाहा हुन्छ।’

अनुसन्धानकर्ताहरुले कोरोना निको भइसकेकाहरुलाई पनि मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सल्लाह दिएका छन्।

दोहोर्‍याएर संक्रमण भएको घटना यसअघि चीनमा पनि देखिइसकेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .