समाज


कोरोना संक्रमणबाट धेरै मृत्यु बेहोर्ने यी हुन् विश्वका प्रमुख चार मुलुक

कोरोना संक्रमणबाट धेरै मृत्यु बेहोर्ने यी हुन् विश्वका प्रमुख चार मुलुक

नेपालखबर
भदौ ९, २०७७ मंगलबार २:५६,

भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ हजार नाघेको छ।

वर्ल्ड ओमिटरका अनुसार मंगलबार बिहानसम्म भारतमा कोरोनाको कारण ५८ हजार पाँच सय ४६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितको संख्या ३१ लाख ६४ हजार नाघेको छ।

संक्रमणले धेरै मृत्यु भएका विश्वका प्रमुख मुलुकमा भारत चौथो स्थानमा छ। संक्रमणको कारण धेरै मृत्यु बेहोर्नेमा अमेरिका, ब्राजिल र मेक्सिकोपछि भारत छ।

अमेरिकामा संक्रमणबाट अहिलेसम्म एक लाख ८१ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। त्यसैगरी ब्राजिलमा एक लाख १५ हजार भन्दा धेरै र मेक्सिकोमा ६० हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन्।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वमा चार हजार तीन सय २७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा भारतमा सबैभन्दा धेरै आठ सय ५४ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी ब्राजिलमा ६ सय ७९, अमेरिकामा पाँच सय नौ, अर्जेन्टिनामा तीन सय ८१, कोलम्बियामा दुई सय ९६, मेक्सिकोमा दुई सय २६, पेरुमा एक सय ५०, इरानमा एक सय ३३, दक्षिण अफ्रिकामा एक सय जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १२ हजार चार सय ३० जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वभर आठ लाख १६ हजार पाँच सय ५१ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या दुई करोड ३८ लाख नाघेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad