समाज


आज पनि बिहानैदेखि अधिकांश स्थानमा घाम, अब वर्षा घटेको हो?

आज पनि बिहानैदेखि अधिकांश स्थानमा घाम, अब वर्षा घटेको हो?

नेपालखबर
भदौ ७, २०७७ आइतबार २:२०,

आज (आइतबार) पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि घाम लागेको मौसमविद्ले बताएका छन्। केही दिनयता माैसम यस्तै छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले बिहान देशभर आंशिक बदली (घाम देखिएको तर कतै कतै बादल पनि लागेको) छ।

‘पहाडको तुलनामा तराईमा अलि राम्रोसँग घाम लागेको छ,’ मौसमविद् बासीले नेपालखबरसँग भनिन्, ‘यो स्थिति दिउँसो १–२ बजेसम्म रहने अनुमान छ, त्यसपछि भने बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।’

मशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका भने एक(दुई स्थानमा भारी वर्षाको सम्भावना समेत सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

अब वर्षा कम हुँदै गएको हो?
मौसमविद् मञ्जु बासीका अनुसार आगामी २–३ दिनसम्मका लागि त्यस्तो ठूलो वर्षाको सम्भावना छैन। करिब करिब मौसम यस्तै (खासै वर्षाको सम्भावना नरहेको) अवस्थामा रहने देखिएको छ।

‘मनसुनको अवधि अब ४० दिनजति छ,’ उनले भनिन्, ‘अन्तिम अन्तिम हुँदै गएपछि वर्षा पनि क्रमशः घट्दै त जान्छ नै, तर त्यसो भनेर मनसुन रहँदासम्म फेरि ठूलो वर्षा हुँदै हुँदैन भन्न सकिन्न।’

उनका अनुसार केही दिनयता नेपालमा मनसुन खासै सक्रिय छैन। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा टाढा दक्षिणतिर भारतमै छ।

तर पनि मनसुनकाे समय भएकाले नेपालमा जलवाष्पयुक्त हावा भित्रिरहन्छ। त्यही कारण पानी पर्ने क्रम जारी रहेको हो। साथै स्थानीय वायुबाट पनि पानी पार्ने प्रणाली विकास हुने भएकाले क्षणिक र हल्का वर्षा हुने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad