समाज


झापाबाट काठमाडौं ल्याउँदै गर्दा बाटैमा वडाध्यक्षकाे निधन

झापाबाट काठमाडौं ल्याउँदै गर्दा बाटैमा वडाध्यक्षकाे निधन

नेपालखबर
भदौ ६, २०७७ शनिबार १९:१९,

कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेका छन्।

सुनसरीको कोसी गाउँपालिका-२ का वडाध्यक्ष हिरालाल यादवको शनिबार अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो।

शनिबार दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएन्डसी हस्पिटल लगिएकाे थियो।

त्यस हस्पिटलले एन्जिओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान सिफारिस गरेपछि काठमाडौं ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियाे। 

तर कोभिड-१९ का बिरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उनलाई झापा पुर्‍याइएकाे थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .