ad ad

समाज


चीनको कोरोना खोपको फेज–३ क्लिनिकल परीक्षण अर्जेन्टिनामा सुरु

चीनको कोरोना खोपको फेज–३ क्लिनिकल परीक्षण अर्जेन्टिनामा सुरु

नेपालखबर
भदौ ६, २०७७ शनिबार १०:३७,

शुक्रबारदेखि फेज–३ क्लिनिकल परीक्षण सुरुवात भएको चीनको भ्याक्सिन निर्माता कम्पनी चाइना नेसनल बायोटेक ग्रुप सीएनबीजीले जनाएको छ।

सीएनबीजी चीनको सरकारी औषधि निर्माता कम्पनी सिनोफार्मबाट अनुमति प्राप्त कम्पनी हो।

अर्जेन्टिनामा खोप परीक्षणका लागि सीएनबीजीले अर्जेन्टिनाको एलिए फिनिक्स ल्याबोरेटोरीसँग काम गरिरहेको छ।

यसअघि यूएइ, पेरु र मोरोक्कोबाट पनि चिनियाँ खोपले परीक्षण गर्ने अनुमति पाएको थियो। खोप परीक्षण गर्ने अनुमति पाउनुलाई चिनियाँ खोप विकासको ठूलो सफलता मानिएको छ।

फेज–३ क्लिनिकल परीक्षणमा एक हजारदेखि ३ हजार मानिसमा खोप लगाइन्छ र खोपको प्रभावकारीताबारे बुझिन्छ।

चीनले आगामी डिसेम्बर भित्र खोप उपलब्ध गराउने बताइसकेको अवस्थामा यी ठूला परीक्षणहरु निकै नै महत्वपूर्ण छ। सीजीटीएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .