ad ad

समाज


योजनाबद्ध रुपमा भएको थियो निरञ्जनको हत्या, घटनामा संलग्न ७ जना पक्राउ

योजनाबद्ध रुपमा भएको थियो निरञ्जनको हत्या, घटनामा संलग्न ७ जना पक्राउ

शैलेन्द्र महतो
भदौ ४, २०७७ बिहिबार १६:४,

रौतहटमा एक युवकको घाँटी रेटेर हत्या गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएको साउन ३१ गते राति रौतहटको गरुडा नगरपालिका ८ बसबिटीका २० वर्षीय निरञ्जन रामको हत्या भएको थियो। 

उनको शव भोलिपल्ट घरबाट केहीपर बाटो छेउमा घाँटी रेटेर बीभत्स हत्या भएको अवस्थामा फेला परेको थियो। 

सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका ७ जना साथीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा गरुडा नगरपालिका–८ जिंगडिया टोलका २२ वर्षीय शेख अजाद, वर्ष २० का अजय कुमार रन्जन, वर्ष १९ का बिबेक राय यादव, वर्ष १९ का अर्जुन राम, वर्ष २० का सिकिन्द्र पासवान र वर्ष १९ का बिजय महरा रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

उनीहरुले निरञ्जनको हत्या योजनावद्ध तरिकाले गरेको अनुसन्धानबाट खुलेको डीएसपी ज्ञानकुमार महतोले बताए। निरञ्जन घर नजिकैको सर्च नर्सरीमा काम गर्ने कामदार थिए। नर्सरीका साहुको जन्मदिन साउन ३१ गते परेको थाहा पाएर सोही दिन निरञ्जनको हत्या गर्ने योजना उनीहरुले बनाएका थिए।

निरन्जन रामलाई फोन गरी आज हामीले पार्टी राखेका छौं पार्टीमा आउनु भनि बोलाएका थिए। निरन्जन आएपछि शेख अजाद र बिजय महरासँग भेट भई सच नर्सरीदेखि उत्तरतर्फ रहेको होटलबाट रक्सी, मासु समेत किनेर ल्याई होटलको पूर्वमा रहेको सपेताको बगैँचामा सबै साथीहरु बसी मासु रक्सी मुह्री समेत खाएका थिए। त्यसपछि निरञ्जनलाई हत्या गर्न अत्यधिक रक्सी खुवाएर विवाद गरि बन्धक बनाएर शेख अजादले धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी महतोले बताए।

प्रहरीका अनुसार शेख आजाद र मृतक निरञ्जन बिच घटना अघि भएको फोन सम्पर्क आधारमा शेखलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा यस्तो खुलासा भएको हो।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .