समाज


प्रदेश नं १ मा ४२ संक्रमित थपिए

प्रदेश नं १ मा ४२ संक्रमित थपिए

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १५:२६,

प्रदेश नं १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन्। विगत तीन दिनको संक्रमित हेर्दा भदौ २ गते १३९ जना र ३ गते १२३ जना संक्रमित भएका थिए।

आज संक्रमित हुनेमा १३ महिला र २९ पुरुष छन्। जसमा सुनसरीका १२, मोरङका १०, तेह्रथुमका नौ, उदयपुरका तीन, धनकुटा र झापामा एक/एक जना छन् भने प्रदेश बाहिरका छ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमित देखिनेमा सुनसरीको धरानका तीन महिला तीन पुरुष, कोशी गाउँपालिकाका चार पुरुष, रामधुनी र दुहवीका एक÷एक पुरुष, मोरङको बुढीगंगाका दुई महिला दुई पुरुष, सुन्दरहरैचाका एक महिला पाँच पुरुष, तेह्रथुम म्याङलुङका तीन महिला छ पुरुष, उदयपुरको त्रियुगाका एक महिला तीन पुरुष, धनकुटाको शहीदभूमि र झापाको गौरीगञ्जका एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रदेश बाहिरका महोत्तरीका दुई महिला एक पुरुष, धनुषा र जनकपुरका एक÷एक पुरुष र सिरहाका एक महिलामा कोरोना संक्रमण दखिएको छ। प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या दुई हजार ३९७ पुगेको छ। कोरोनाबाट मुक्त हुने १८ जना आज घर फर्केका छन् । घर फर्कनेमा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १४ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चार जना छन्।

यस प्रदेशमा आज एक हजार ५०७ जनाको पीसीआर परीक्षण भएको छ। भदौ २ गते दुई हजार ६३१ जना र भदौ ३ गते एक हजार ९४१ जनाको पीसीआर परीक्षण भएको थियो। हालसम्ममा पीसीआर परीक्षण हुनेको संख्या ७३ हजार ५५३ भएको सामाजिक विकास मन्त्रालयल जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad