नेपाल मेडिकल काउन्सिलले यही ७ गतेदेखि लिने भनिएको दर्ता प्रमाणपत्र परीक्षा रद्द भएको छ।
काउन्सिलले एक सूचना जारी गरी उपत्यकालगायतका स्थानमा निषेधाज्ञा जारी गरेको कारण देखाउँदै परीक्षा रद्दबारे जानकारी दिएको हो।
काउन्सिलका अनुसार स्थिति सहज भएपछि उपकेन्द्रबाट समेत परीक्षाको व्यवस्था मिलाइनेछ। परीक्षा केन्द्र र मितिबारे पछि जानकारी दिने काउन्सिलले जनाएको छ।
प्रतिक्रिया